‘हिम्मतवाली’ फिल्मका सुदर्शन ८ बर्षपछि अनमोलसँग देखिदै

२७ साउन २०७९ १२:४२

वि.सं २०७१ सालमा रिलिज भएको नायिका रेखा थापाको चलचित्र ‘हिम्मतवाली’का निर्माता तथा कलाकार सुदर्शन गौतमले नयाँ चलचित्र साइन गरेका छन् । उनले, मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘एक्स ९’ साइन गरेका हुन् । लामो समयदेखि क्यानडामा बसोबास गर्दै आएका सुदर्शनले क्यानडाकै दृश्यमा अभिनय गर्नेछन् ।

निर्देशक भट्टले सुदर्शनको भूमिका बलियो रहेको बताए । सुदर्शनले राम्रो टिम र बलियो भूमिका पाएकाले पनि यो चलचित्रमा काम गर्न आफू तयार भएको बताएका छन् । एक दुर्घटनामा दुबै हात गुमाएका सुदर्शनले विश्वकै अग्लो शिखर सगरमाथा चढेपछि चर्चा पाएका थिए ।

यो चलचित्रमा अनमोल केसी, पुष्प खड्का, राज कटुवाल, अनुप विक्रम शाही लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रबाट नायिकाको रुपमा नीति शाहले डेब्यू समेत गर्दैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *