‘लाल सिंह चड्डा र रक्षा बन्धन’को कमजोर व्यापार

२७ साउन २०७९ १२:२६

बिहिबार बिदाको दिनबाट रिलिजमा आएका २ बलिउड चलचित्रले कमजोर व्यापार गरेपछि सिंगै बलिउड नै स्तब्ध बनेको छ । बलिउड चलचित्रको खस्किदो व्यापार र स्टार कलाकारमाथि दर्शकको भरोसा टुट्दै जानुलाई सामान्य मान्न सकिदैन ।

४ बर्षपछि नायक आमिर खानको नयाँ चलचित्र ‘लाल सिंह चड्डा’ रिलिज भयो । यो चलचित्रले मिश्रित प्रतिक्रिया पाउँदै गर्दा पहिलो दिन १२ करोडको मात्र व्यापार गरेको छ । व्यापारिक रुपमा यो कमजोर ओपनिङ हो । बक्स अफिसमा नायक अक्षय कुमार अभिनित चलचित्र ‘रक्षा बन्धन’ पनि बलियो ओपनिङ गर्नबाट असफल भयो । यो चलचित्रले पहिलो दिन ८.२० करोडको व्यापार गर्यो ।

यी दुबै चलचित्रको कमजोर व्यापारले दुबैको लगानी सुरक्षित हुने संभावना छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *