‘परदेशी २’को सरप्राइज मुभ, अब फागुण ५ मा रिलिज हुने

२७ साउन २०७९ १२:१७

नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘परदेशी २’को प्रदर्शन मिति पोष्टपोन्ड गरिएको छ । यो चलचित्रलाई असोज १४ मा रिलिज गर्ने तयारी गरिएको थियो । तर, चलचित्रको एउटा गीत सार्वजनिक भैसकेपछि प्रदर्शन मिति पोष्टपोन्ड गर्दै फागुण ५ गते पुर्याइएको छ ।

निर्माता राजेश वंशलले फागुण ५ गतेलाई प्रदर्शन मिति तोकिएको बताएका छन् । वितरक, प्रदर्शकसँग सल्लाहा गरेर यो सरप्राइज मुभ लिइएको उनको भनाई छ ।

चलचित्रको तयारी नपुग्ने कारण देखाउँदै पोष्टपोन्ड गरिएतापनि मुख्यकारण एक साता अगाडि रिलिज हुन लागेको ‘प्रेमगीत ३’को चर्चा हो । यस्तै, असोजको २१ गते चलचित्र ‘२ नम्बरी’ आउने भएपछि राजेश र नारायणको टिमले यो निर्णय लिएको वुझ्न सकिन्छ । चलचित्रमा प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, दिलिप रायमाझी, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ ।

चलचित्रमा समावेश ‘के बर मागी’ सार्वजनिक भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *