‘बाबरी’को पोष्टरमा २ धिरज र अदितीको मित्रता

२६ साउन २०७९ ११:४२

भदौको ३१ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘बाबरी’को नयाँ पोष्टरमा कलाकार धिरज नाडकर पनि समेटिएका छन् । यसअगाडि चलचित्रको गीत तथा टिजरमा नायक धिरज मगर र नायिका अदिती वुढाथोकीलाई मात्र स्थान दिइएको थियो । तर, निर्देशक सुरेन्द्र पौडेलले चलचित्रको ट्रेलर सार्वजनिक हुनु भन्दा केही दिन अगाडि धिरज नाडकरलाई पनि स्थान दिएर नयाँ पोष्टर सार्वजनिक गरेका छन् ।

धिरज नायिका तृप्ती नाडकरका छोरा हुन् । चलचित्रमा तृप्तीको पनि अभिनय छ । सार्वजनिक पोष्टरमा धिरजद्धय र अदितीको मित्रता देख्न सकिन्छ । चलचित्रमा निर्देशक पौडेलको नै कथा र सम्पादन छ । यस्तै, चलचित्रमा कालिप्रसाद बाँस्कोटा, सुजन चापागाँई र अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन, एन्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ ।

बाबरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा गणेश वुढाथोकी र पुष्पालता बुढाथोकीको लगानी छ । सुष्मा गुरुङ चलचित्रकी सह–निर्माता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *