‘चङ्गा चेट २’मा जोडिए विपिन

२६ साउन २०७९ ९:४६

नायक विपिन कार्की निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘चङ्गाचेट’मा अनुवन्धित भएका छन् । डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् ।

चलचित्र ‘चङ्गाचेट’ले राम्रो चर्चा पाएको थियो । तर, यसपटक कलाकारहरु अधिकांश नयाँ लिएर दीपेन्द्रले यसको सिरिज बनाउने तयारी गरेका छन् ।

विपिनले दीपेन्द्रसँग चलचित्र ‘पशुपति प्रसाद र के घर के डेरा’मा काम गरेका थिए । उनले अब तेश्रो पटक दीपेन्द्रसँग सहकार्य गर्न लागेका हुन् । चलचित्रमा अर्पण थापा अनुवन्धित भैसकेका छन् । कमेडी जनरामा नै यो चलचित्र बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *