यसरी परिवर्तन भैछन् करिश्मा ढकाल

२५ साउन २०७९ १०:३७

नेपाली लोकदोहोरी गीतका म्यूजिक भिडियोमा सर्वाधिक देखिने मोडल हुन्, करिश्मा ढकाल । करिश्माले सय भन्दा बढी लोकदोहोरी गीतमा काम गरिरहँदा उनको चर्चा पनि खुबै हुने गर्दछ । तर, उनले हालै अभिनय गरेको ‘पापाकी परि’ बोलको गीतको भिडियोले भने खुबै चर्चा पायो । विशेषगरि, उनले पेटिकोट लगाएर नृत्य गरेपछि आलोचना भयो । आलोचना भएपछि यो दृश्य भिडियोबाट पनि हटाइएको छ ।

उनै, करिश्माले सामाजिक संजाल इन्स्टाग्राममा बोल्ड फोटो पोष्ट गरेकी छिन् । कुवेर डंगोलले गरेको फोटोसुटमा उनले आफ्नो गोप्य अंग हातले छोपेर झरनाको छेउमै बोल्ड फोटोसुट गराएकी छिन् ।

उनले, आफू परिवर्तन भएको भन्दै यो नै मुख्य विन्दु भएको भनेर लेखेकी छिन् । करिश्माले बोल्ड फोटोसुटलाई नै परिवर्तन मानेकी हुन् या के, यो उनले नै जान्ने कुरा भयो । तर, इन्स्टामा उनको तस्वीरले भने खुबै हंगामा मच्चाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *