बलिउड दर्जन बढी चलचित्रमा काम गरेका नायिकाहरुले चर्चा कम पाउँछन् । तर, केही चलचित्रमा आइटम डान्स गरेकी मलाइका अरोराको चर्चा खुबै हुने गर्दछ । मलाइका दैनिकजसो हट शैलीमा जीम जाँदा उनी पापाराजीको क्यामेरामा पर्छिन् । झन्, उनी नायक अर्जुन कपुरसँग प्रेम सम्बन्धमा रहेपछि त झनै चर्चामा छिन् ।
उनै, मलाइका बेलाबखत हट फोटोसुटका कारण पनि चर्चामा आउने गर्छिन् । मलाइकाले हालै मात्र गराएको हट फोटोसुटले उनलाई फेरि चर्चामा ल्याइदिएको छ । ४० कटेकी यी आइटम गर्लको हट अवतारले सामाजिक संजालमा सधै नै चर्चा पाउने गरेको छ ।
मलाइकाको बिषयमा आउने गरेका नकारात्मक प्रतिक्रियाले पनि चर्चा पाउँछन्, तर यसले उनलाई भने खासै असर गरेको छैन ।
