चलचित्र ‘पुष्पा’को सफलताले साउथका सुपरस्टार अल्लु अर्जुनलाई भारतमा मात्र होइन, विश्व बजारमा नै चर्चित बनाइदिएको छ । यदि, कुनै कम्पनीले आफ्नो सामानको विज्ञापन भारतभर नै गर्न चाहेकोे खण्डमा, उसका लागि अल्लु अर्जुनको विकल्पमा अरु नायक को हुन सक्लान् र ?
‘पुष्पा’को सफलतापछि अर्जुनले चलचित्रमा मात्र होइन, ब्रान्ड बजारमा पनि आफ्नो बलियो उपस्थिती जनाएका छन् । उनले, विश्वका चर्चित ब्रान्डका विज्ञापनमा काम गरिरहेका छन् । यसैविच, अल्लुले चलचित्रमा मात्र होइन, विज्ञापनमा पनि आफ्नो पारिश्रमिक बढाएका छन् ।
भारतीय मिडियाका अनुसार, अल्लु अर्जुनले विज्ञापनमा काम गरेको दैनिक ७.५ करोड लिन थालेका छन् ।
अर्जुनलाई विज्ञापनमा लिएर काम गर्न चाहने कुनै पनि ब्रान्डले अब महंगो रकम तिर्नुपर्नेछ । अर्जुन ‘पुष्पा २’को छायांकनमा समेत व्यस्त छन् ।