‘रक्षाबन्धन’ बहिष्कार गर्नुपर्छ भन्नेलाई अक्षयको कडा जवाफ

२४ साउन २०७९ ९:२९

बिहिबारदेखि बलिउड नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘रक्षाबन्धन’ रिलिज हुँदैछ । चलचित्र रिलिजको दिन नजिकिदै जाँदा यसलाई बहिष्कार गर्नुपर्ने आवाज पनि उठेका छन् । हुनत, बलिउडमा पछिल्ला केही बर्षयता ठूला स्टारको चलचित्रलाई बहिष्कार गर्नुपर्ने भन्दै ट्विटरमा ट्रेन्ड नै हुँदै आएको छ ।

यो बिषयमा कुरा गर्दै अक्षयले यसले खासै फरक नपर्ने तर्क गरेका छन् । उनले भनेका छन्–‘यो एक स्वतन्त्र देश हो र यहाँ जसले जे चाहन्छन् त्यो गर्न सक्छन् । म यत्ती मात्र भन्न सक्छु कि कुनै पनि उद्योगले भारतको अर्थव्यवस्थामा मद्दत गर्दछ ।’ उनले, देशको अवस्था महान् बनाउनका लागि सबै लागिपरेको भन्दै यस्तो कुराको पछि नलाग्न ट्रोलर्स र मिडियालाई अनुरोध गरेका छन् ।

अक्षयले केही बर्ष अगाडि शिवरात्रीमा दुध भगवान्लाई चढाउनु भन्दा गरिबलाई दिन आग्रह गरेका थिए । यही कुरालाई लिएर चलचित्रलाई बहिष्कार गर्नुपर्ने माग उठेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *