कार्तिक ४ बाट असोज २१ मा सर्यो दया र सौगातको ‘२ नम्बरी’

२४ साउन २०७९ ८:१७

कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘२ नम्बरी’को प्रदर्शन मिति हेरफेर भएको छ । यो चलचित्र तिहारको अवसरमा कार्तिक ४ गते रिलिज हुने पक्का भएको थियो । तर, निर्माणपक्षले अब यो चलचित्रको प्रदर्शन मिति २ साता अगाडि सारेको छ ।

चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले अब चलचित्र असोजको २१ गतेबाट रिलिज हुने जानकारी दिए । वितरकसँग सल्लाहा गरेर नै आफूहरुले असार २१ गते खाली रहेको मितिमा चलचित्र रिलिज गर्न लागेको उनको भनाई छ ।

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन् । २ साथीको मित्रताको कथामा यो चलचित्र बनेको हो । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा मिठु तामाङ्नी सह–निर्माताको रुपमा छिन् । चलचित्रमा दीप्क मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माताको रुपमा छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *