रामबाबुको ‘फुलबारी’मा फुल्दै दया, विपिन, प्रियंका र मिरुना

२४ साउन २०७९ ६:४६

चलचित्र ‘कबड्डी ४’को बम्पर सफलतापछि निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र ‘फुलबारी’ निर्देशनको तयारीमा छन् । यो चलचित्रले एक पिता र छोराको सम्बन्धको कथा भन्नेछ । चलचित्रमा छोराको भूमिकामा नायक दयाहाङ राई र पिताको भूमिकामा नायक विपिन कार्की देखिदैछन् ।

चलचित्रमा मुख्य नायिका पनि फाइनल भैसकेका छन् । चलचित्रमा नायिकाद्धय प्रियंका कार्की र मिरुना मगरले काम गर्ने पक्का भएको छ ।

प्रियंकाले रामबाबुको चलचित्र ‘पुरानो डुङ्गा’मा काम गरेकी थिइन् भने मिरुनाले ‘कबड्डी ४’मा काम गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *