‘माइकल अधिकारी’को ‘छुकछुक रेल गाडी’मा सौगात र श्रृष्टी

२३ साउन २०७९ १०:३३

गोपिकृष्ण मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्र ‘माइकल अधिकारी’ कथावस्तुका कारण चर्चामा छ । फिल्मले विशेषगरि, सेरोगेसीको कथा उठाएकाले पनि यसको चर्चा बढेको हो । चलचित्रको ट्रेलरले दर्शकको ध्यान खिचिरहेको समयमा यसमा समावेश ‘छुकछुक रेलगाडी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

शैलेष कँडेल क्षेत्रीको शब्द, रेभान सिंहको संगीत रहेको गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर छ । गीतको भिडियोमा केही संवादहरु समेत समावेश गरिएको छ । रञ्जित रौनियारको निर्देशनमा तयार भएको यो चलचित्रलाई निरक पौडेलले निर्माण गरेका हुन् ।

शैलेष कँडेल क्षेत्रीकै पटकथा तथा संवाद रहेको चलचित्रमा राजुविक्रम थापाको छायांकन, मित्र डी गुरुङको सम्पादन, कमल राईको कोरियोग्राफी छ । चलचित्रमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर, हेमन्त वुढाथोकी, विद्या कार्की लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *