‘कायरा’पछि ‘सायरा’मा अभिनय गर्दै आर्यन

२३ साउन २०७९ ६:१८

हुनत, नायक आर्यन सिग्देलको हातमा ३ वटा चलचित्र छन् । यी चलचित्र कहिले दर्शकमाझ आउँछन्, पत्तो छैन । तर, नायक आर्यन सिग्देलले भने नयाँ चलचित्र साइन गरेका छन् । चकलेटी लुक्सका धनी यी नायकले डीबीआर मिडिया एण्ड मुभिज प्रा.लिको ब्यानरमा बन्न लागेको नयाँ चलचित्र ‘सायरा’ साइन गरेका छन् ।

रघु परियारको प्रस्तुतिमा तयार हुने यो चलचित्रलाई सामाजिक र लभ स्टोरी कथामा निर्माण गरिनेछ । चलचित्रको छायांकन असोजबाट सुरु हुनेछ । ९० प्रतिशत छायांकन अष्ट्रेलियामा हुने चलचित्रको १० प्रतिशत छायांकन नेपालमा हुनेछ । रघुकै कथा रहेको चलचित्रको निर्देशक भारतीय हुनेछन् ।

चलचित्रको सम्पूर्ण टिम फाइनल गरेपछि सार्वजनिक गर्ने प्रस्तुतकर्ता रघुको भनाई छ । चलचित्रको अधिकांश छायांकन सिड्नीमा हुनेछ भने केही प्रतिशत छायांकन मेलवर्नमा गरिनेछ । आर्यनले केही बर्ष अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई जोडी बनाएर आफ्नै लगानीमा ‘कायरा’ नामक चलचित्र निर्माण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *