लाल सिंह चड्डाः ट्विटरमा बहिष्कारको ट्रेन्ड तर बुकिङ सुखद

२३ साउन २०७९ ५:०१

बिहिबारदेखि रिलिज हुन लागेको बलिउड नायक आमिर खानको निर्माण तथा अभिनय रहेको चलचित्र ‘लाल सिंह चड्डा’ले बहिष्कारको ट्रेन्ड समेत खेपिरहेको छ । विशेषगरि, आमिरले केही बर्ष अगाडि भारतको बिषयमा बोलेको कुरालाई लिएर भारतीय जनता पार्टीका केही कार्यकर्ताहरुले बहिष्कार गर्नुपर्ने बताइरहेका छन् ।

तर, नायक आमिर खानले भने आफ्नो फिल्मलाई बहिष्कार नगर्न आग्रह गर्दै आफूलाई भारतको अत्याधिक माया लाग्ने जवाफ दिएका छन् ।

बहिष्कारको ट्रेन्ड ट्विटरमा चलेपनि त्यसले चलचित्रको बुकिङलाई भने असर पारेको छैन । भारतीय मिडियाका अनुसार, चलचित्रको बुकिङ आइतबारसम्म १० करोड पुगिसकेको छ । आमिरको चलचित्रको वर्ड अफ माउथले व्यापारमा धेरै फरक पार्ने भएकाले पनि ‘डोर सेल’ले यसको व्यापारमा फरक पर्नेछ ।

यो बर्ष नायक कार्तिक आर्यनको चलचित्र ‘भुल भुलैयाँ २’ले सर्वाधिक धेरै १४ करोड माथिको ओपनिङ गरेको थियो । कार्तिकको यो रेकर्डलाई आमिरको चलचित्रले तोड्ने अनुमान लगाइएको छ ।

चलचित्र हेरेका आमिर खान निकट पत्रकार तथा चलचित्रकर्मीले यसलाई उत्कृष्ट भनेर प्रतिक्रिया दिइरहेका छन् । ४ बर्षपछि पर्दामा फर्किन लागेका आमिर र नायिका करिना कपुरको यो चलचित्रले बक्स अफिसमा बम्पर कमाई गर्ने विश्लेषण गरिएको छ । नेपालमा पनि यो चलचित्रको बुकिङ मंगलबारदेखि खुल्नेछ । चलचित्रलाई मनोज राठी र उज्ज्वल पौडेलको टिमले २ करोडमा नेपाल भित्राएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *