वर्कशपमा ‘छड्के २’, हेर्नुहोस् अनमोलको ग्याङस्टार लुक्स

२३ साउन २०७९ ३:५१

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भैरहेको चलचित्र ‘छड्के २’को केही समयदेखि वर्कशप चलिरहेको छ । काभ्रे फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको वर्कशपमा नायक अनमोल केसी, रविन तामाङ्ग र कमलमणी नेपाल सहभागी छन् । निर्माणपक्षले नायिकाको नाम भने सार्वजनिक गरेको छैन ।

चलचित्रका मुख्य नायक अनमोल केसीले आफ्नो भूमिकालाई जिवन्त बनाउन गरिरहेको मिहिनेत देखेर आफुहरुलाई उर्जा मिलेको निर्देशक श्रेष्ठले जानकारी दिए । उनले, चलचित्रमा अनमोल केसी ग्याङस्टारको भूमिकामा देखिने बताए ।
यो चलचित्रको छायांकन भदौ १ गतेबाट सुरु हुने निर्माता प्रशान्त गिरीले बताए । उनले, ६० दिनको सेड्यूलमा चलचित्र खिचिने प्रतिक्रिया दिएका छन् ।

निर्माणपक्षले अनमोल बाहेक अन्य कलाकारको जानकारी छायांकन सुरु भएसँगै दिने बताएको छ । चलचित्रमा प्रशान्त गिरी र लक्ष्मण काफ्लेको लगानी रहनेछ । यो चलचित्रलाई फागुणमा रिलिज गर्ने तयारी समेत निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *