कार्तिक ११ मा आउने भयो मह जोडीको ‘महापुरुष’

२२ साउन २०७९ १४:००

बरिष्ठ कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । षट्कोण आट्र्स प्रालिबाट निर्माण भएको यो चलचित्रलाई विश्व बजारमा कार्तिक ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । चलचित्रमा मह जोडीका अलवा गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल र नव–कलाकारद्धय अरुण क्षेत्री र अन्जना बराइलीको मुख्य भूमिका छ ।

यो चलचित्र भाईटिकाको भोलीपल्ट रिलिज हुने पक्का भएको हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा दिपेश खत्रीको लगानी छ । रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माता रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।

चलचित्रको फस्टलुक आकर्षक छ । एउटा फस्टलुकमा फरक गेटअपमा हरिवंश पीजडामा थुनिएको सुँगासँग छन् । अर्को पोष्टरमा भने बिबाह गरेर हरिवंश र गौरी मल्ल भाग्दै गरेको देखाइएको छ । यही मितिमा आज मात्रै चलचित्र ‘लाखे’ले पनि प्रदर्शन पोष्टपोन्ड गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *