चेत र रचनाको मन विग्रने सार्वजनिक

२२ साउन २०७९ ७:३९

गायक तथा मोडल चेत बहादुर बुढाथोकी र रचना रिमालको स्वरमा रहेको मन बिग्रने त्यति खेरु हो बोलको रमाइलो गीतको भिडियो सार्वजनिक गरिएको छ। चेत बहादुर बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा गायक स्वयम् बुढाथोकीको साथमा बिना बिस्वकर्मा र अस्मिता रनपाल फिचर्ड छन्। कमल सौरागको संगीत संयोजन रहेको गीत रमाइलो बनेको छ।

गोकुल कुमारी श्रेष्ठको निर्माणमा बनेको भिडियोको निर्देशन चेत बहादुर बुढाथोकीले गरेका हुन् । सन्देश रिमालको कोरियोग्राफी रहको भिडियोमा दिनेश पराजुलीको छायाँकन,पदम सुवेदीको सम्पादन र मिलन बिस्वकर्माको रंग संयोजन रहेको छ। गत साता सार्वजनिक भिडियोलाई झन्डै एक लाख भ्युज मिलेको छ। हेर्ने जति दर्शकले भिडियोमा उत्कृस्ट कमेन्ट गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *