‘लाखे’ अब कार्तिक ११ मा रिलिज हुने

२२ साउन २०७९ ७:२१

सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘लाखे’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यो चलचित्र भदौ ३१ गतेबाट रिलिज हुने पक्का भएको थियो । तर, निर्माणपक्षले यो मितिमा चलचित्रको काम नसकिने भएकाले डेढ महिना पछि प्रदर्शन मिति धकेलेको बताएको छ । यो चलचित्र अब तिहार लगतै कार्तिक ११ गतेबाट रिलिज हुनेछ ।

कार्तिक ११ मा कुनै पनि चलचित्रको प्रदर्शन मिति तय नगरिएकाले सम्राट बस्नेत निर्देशित चलचित्र यो मितिमा पोष्टपोन्ड भएको हो ।

यो चलचित्रमा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुप विक्रम शाही, वर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्राकार लगायतको कलाकारको अभिनय छ । चलचित्रको पोष्टरमा अहिलेसम्म कलाकारको अनुहार सार्वजनिक गरिएको छैन ।

चलचित्रको काम नसकिएकाले प्रदर्शन मिति सरेको जानकारी निर्माणपक्षले दिएपनि भदौमा चलचित्रको भीड, ‘बाबरी’सँगको भिडन्त र एक साता अगाडि ‘ब्रम्हास्त्र’ रिलिज, एक सातापछि ‘प्रेमगीत ३’ रिलिजका कारण चलचित्र कार्तिक ११ मा पुगेको अड्कल लगाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *