‘पापाकी परी’बाट हट्यो करिश्माको ‘पेटिकोट डान्स’

२१ साउन २०७९ २:५०

सामाजिक संजाल र मिडियामा चर्को आलोचना भएपछि गायिका सुशिला पाठकको नयाँ तीज गीत ‘पापाकी परि’बाट मोडल करिश्मा ढकालले ‘पेटिकोट’ लगाएर नृत्य गरेको पाटो हटाइएको छ । गीतका शब्द समेत आलोचित भएका थिए । ‘के हुन्छ होला है बिहेको राती, अध्यारो कोठामा अन्जान साथी, संझेर गैसक्यो सातो बरीलै’ शब्द पनि गीतबाट हटाइएको छ ।

विशेषगरि, बिहेको अगाडि एक यूवतीले विभिन्न कुराहरु कल्पना गर्दै गाएको यो गीतले आलोचना मात्र भोगेन, तीजको नाममा विकृती फैलाउने काम गरेको समेत आरोप लागेको थियो ।

यो गीतका गीतकार शिव हमालले त माफी नै मागेका थिए । आशिष अविरलको संगीत रहेको गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *