‘जोकर’को सिक्वेलमा लेडी गागा

२१ साउन २०७९ २:३९

हलिउड गायिका तथा मोडल लेडी गागाले सामाजिक संजालबाट आफू हिट चलचित्र ‘जोकर’को सिरिजमा काम गर्न लागेको पुष्टी गरेकी छिन् । उनले चलचित्रको म्युजिकल टिजर शेयर गर्दै ‘जोकरः फोली ए ड्युक्स’मा आफू रहेको खुलाएकी छिन् । यो चलचित्रमा उनी कलाकार जाकिन फिनिक्सको अपोजिटमा देखिनेछिन् ।

यो म्युजिकल चलचित्र बन्ने बताइएको छ । जहाँ, विश्व चर्चित गायिका हार्ले क्विनको भूमिकामा देखिदैछिन् । सन् २०१९ मा िरिलिज भएको चलचित्रको पहिलो भागबाट उत्कृष्ट नायकको अवार्ड पाएका जाकिन यसमा पनि देखिनेछन् ।

यो चलचित्र सन् २०२४ को अक्टुबर ४ तारिखमा रिलिज हुनेछ । यो चलचित्रको पहिलो भागले विश्व बजारमा १ बिलियन डलर कमाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *