‘सम्हालिन्छ कहिले मन’ ट्रेलरः पूजा, सोनम र आकाशको त्रिकोणात्मक प्रेमकथा

२१ साउन २०७९ २:११

बेलायत, नेपाल र दुबईमा छायांकन गरिएको लभ स्टोरी चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलरमा नायिका पूजा शर्मा, नायक सोनम तोप्देन र आकाश श्रेष्ठको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ ।

सोनम र पूजाको मित्रतामा आकाशको प्रवेश भएपछि कथामा आउने उतारचढाव ट्रेलरमा समावेश छ । बेलायतका दृश्यहरु रमणीय छन् । सुदर्शनले फेरि एकपटक केही फरक प्रेमकथा भन्न खोजेको देखिन्छ ।

अर्जुन पोखरेलको संगीतले चलचित्रलाई नयाँ उचाई दिइसकेको छ । एबी प्रोडक्शनले निर्माण गरेको यो चलचित्र भदौको १७ गतेबाट रिलिज हुँदैछ । चलचित्रको ट्रेलरमा संवादलाई उच्च प्राथमिकता दिइएको छ । सौरभ लामाको लोभलाग्दो छायांकनले यसपटक फेरि दर्शकको मत जित्न सक्ने अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *