मेलिना राईले तोडिन् इन्गेजमेन्ट

२१ साउन २०७९ १:५८

गायिका मेलिना राईले २ बर्ष अगाडि प्रेमी संजीब बराइलीसँग इन्गेजमेन्ट गरेकी थिइन् । सो कुराको जानकारी उनले केही समय अगाडि मात्र सामाजिक संजालमा गरेकी थिइन् । तर, इन्गेजमेन्ट गरेको २ बर्षपछि मेलिनाले सामाजिक संजालमा स्टाटस कोर्दै सबैलाई चकित बनाइन् । किनकी, उनले संजीबसँगको इन्गेजमेन्ट तोडेकी छिन् ।

उनले लेखेकी छिन्–‘हामीविच बैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै आत्मसमिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’

मेलिना अगाडि लेख्छिन्–‘फेरि सबै इन्गेजमेन्टहरु बिबाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्वजनिक गर्दछु ।’

उनले, इन्गेजमेन्टपछि शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमा समेत मागेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *