ज्योतिषको सल्लाहा अनुसार देउवाले गरे मंसिर ४ मा चुनाव गर्ने निर्णय

१९ साउन २०७९ ८:४०

नेपाल सरकारले प्रदेश र प्रतिनिधी सभाको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते गर्नु उत्तम हुने निर्णय गरेको हो । यसअघि गठबन्धनका दलहरुको बैठकले पनि मंसिर ४ मा निर्वाचन गर्न सरकारलाई सुझाव दिएका थिए ।

केही दिन अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषले पनि मंसिर ४ गते निर्वाचन गर्दा गठबन्धन दललाई फाइदा हुने भन्दै देउवालाई सुुझाव दिएका थिए ।

स्थानीय निर्वाचन भएको करिब साढे ६ महिनापछि सरकारले प्रदेश र प्रतिनिधी सभाको निर्वाचन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *