श्रृष्टी–सौगातः जसलाई दुबै आफू जस्तै लागेपछि माया बस्यो(भिडियोसहित)

१९ साउन २०७९ ८:२०

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ केही बर्षदेखि प्रेम सम्बन्धमा छन् । प्रेम सम्बन्धमा रहेको यो जोडी आफूलाई उदाहरणीय बनाउन लागिपरेको छ । दुबैले एकसाथ केही चलचित्रमा काम पनि गरेका छन् । ती चलचित्रमध्ये एक हो, ‘माइकल अधिकारी’ । भदौको ३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा सौगात र श्रृष्टीले फरक भूमिका निर्वाहा गरेका छन् ।

आर्थिक अभाव भएपछि पैसाका लागि कोख भाडामा दिने महिलाको भूमिकामा श्रृष्टीलाई देख्न सकिन्छ ।

श्रृष्टी सधै नै आफू फरक भूमिकामा काम गर्न उत्साहित हुने बताउँछिन् । उनले, ‘माइकल अधिकारी’को कथामा काम गर्न पाउँदा आफूलाई केही फरक गरे जस्तो लागेको तर्क गरिन् ।

सौगात र श्रृष्टीको प्रेम कसरी भयो होला भन्ने पनि आम दर्शकमा चासो छ । सौगात भन्छन्–‘हामी एक अर्कासँग बोलेको नाटकबाट हो । श्रृष्टीले ‘ह्याम्लेट’ नामक नाटकमा काम गर्दा म हेर्न पुगेको थिएँ । सोही दिनबाट कुराकानी अगाडि बढेको हो ।’

सौगात र श्रृृष्टीले एक अर्कालाई किन मन पराए त ? भन्छन्–‘हामी दुबैलाई एक अर्काको बानी आफ्नै जस्तो लाग्यो । कोही मान्छे म जस्तै छ भन्ने महशुश भएपछि अझै नजिक भैदोरहेछ । हामी दुईको हकमा पनि यही भएको हो ।’

यो जोडी भदौ १० गते रिलिज हुने चलचित्र ‘राधा’को रिलिजपछि बिहेको तयारीमा लाग्ने बताउँछ । संभवत, यो जोडीले यसैबर्ष बिहे समेत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *