राजेश हमालले बाबुको भूमिकामा काम नगर्नुको कारण यस्तो (भिडियोसहित)

१९ साउन २०७९ ७:५७

नेपाली चलचित्र क्षेत्रमा करिब ४ दशक बिताएका नायक राजेश हमाललाई चलचित्रको अभाव छैन । तर, उनले चलचित्रमा नै काम नगरेको भने ५ बर्ष भैसकेको छ । आखिर, हमाल चलचित्रबाट टाढा किन भैरहेका होलान् ? राजेश हमाललाई देशका केही चर्चित ब्यानरले चलचित्रमा बाबुको भूमिकामा पनि अफर गरिरहेका छन् । तर, उनले यी सबै अफरलाई अस्विकार गरेको बताइन्छ ।

हमाल भने आफूलाई भूमिका सशक्त नलागेसम्म काम नगर्ने बताउँछन् । उनले भने–‘म आफ्ना आमा र बुबाको बाहेक अरुको बाबु बन्दिनँ । यो मेरो बाबु बन्ने उमेर हो र ?’

राजेशले, कुनै पनि भूमिका गर्ने वा नगर्ने भन्ने नै नहुने तर्क प्रस्तुत गर्दै भूमिका भने चित्त वुझ्दो हुनुपर्ने बताए । उनले, पात्रको भूमिका कस्तो छ र केन्द्रिय भूमिकामा छ या छैन भन्ने कुरा महत्वपूर्ण रहेको तर्क गरे ।

राजेश हमाललाई चलचित्र ‘छड्के २’मा नायक अनमोल केसीको पिता बन्नका लागि अफर आएको थियो । यस्तै, रामबाबु गुरुङले बनाउन लागेको चलचित्र ‘फूलबारी’मा पनि हमाललाई दयाहाङ राईको बाबु बनेर काम गर्न अफर आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *