फिल्म फ्लप भएपछि अक्षय र टाइगरले घटाए ५० प्रतिशत पारिश्रमिक

१७ साउन २०७९ ५:१५

पूजा इन्टरटेन्मेन्टको ब्यानरमा अली अब्बास जफरको निर्देशनमा चलचित्र ‘बडे मिया छोटे मिया’को निर्माण हुँदैछ । यो चलचित्रका लागि नायक अक्षय कुमार र टाइगर श्राफ फाइनल भैसकेका छन् । चलचित्रका लागि अक्षयले १४४ करोड पारिश्रमिक वुझेका थिए भने टाइगरले ४५ करोड पारिश्रमिक लिएका थिए । दुई कलाकारले मात्र २ सय करोड पारिश्रमिक वुझ्दा निर्मातालाई लगानी महंगो पर्ने निश्चित छ ।

तर, यो बर्ष अक्षयको ‘बच्चन पाण्डे, सम्राट पृथ्वीराज’ लगायतका चलचित्र असफल भए । टाइगरको पनि ‘हिरोन्थी २’ले कुनै कमाल गरेन । चलचित्र असफल भएपछि दुबै सुपरस्टारले पारिश्रमिकमा भारी कटौती गरेका छन् । अक्षयले यो चलचित्रका लागि लिएको पारिश्रमिकमा ५० प्रतिशत कटौती गरेको भारतीय मिडियाको दाबी छ ।

यस्तै, टाइगरले पनि २५ देखि ३० प्रतिशत पारिश्रमिक कटौती गरेका छन् । अक्षयले नाफाको शेयरमा काम गर्ने गरि पारिश्रमिक कटौती गरेका हुन् । यसरी, पारिश्रमिक कटौती हुँदा निर्मातालाई सय करोड फाइदा भएको छ ।

चलचित्रको छायांकन सुरु नहुनुको कारण आर्थिक अभाव मात्र नभएको चलचित्रका मेकरले भारतीय मिडियालाई बताएका छन् । अब, कलाकारको समेत पारिश्रमिक भारी कटौती भएपछि यो चलचित्रलाई आउँदो बर्षको जनवरीबाट छायांकनमा लैजाने तयारी गरिएको छ । चलचित्रलाई सन् २०२३ को क्रिसमसमा रिलिज गर्ने योजना मेकरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *