विश्व बजारमा ‘विक्रान्त रोना’को कमाई सय करोड माथि

१७ साउन २०७९ ५:०२

विश्व बजारमा बलिउड चलचित्रहरु असफल भैरहेको समयमा साउथका चलचित्रहरुले भने बलियो उपस्थिती जनाइरहेका छन् । किच्चा सुदिपको मुख्य भूमिका रहेको चलचित्र ‘विक्रान्त रोना’ले रिलिजको ५ दिनमै विश्व बजारबाट १ सय १० करोड कमाई गरेको छ । चलचित्रले हिन्दी भाषामा मात्र ६ करोडको व्यापार गरेको बताइएको छ ।

दर्शकको बलियो वर्ड अफ माउथका कारण चलचित्रमा बलिया स्टार नभएपनि चलचित्रले भने लोभलाग्दो कमाई गरिरहेको छ ।

चलचित्रमा निरुप भण्डारी र ज्याकलिन फर्नान्डेजको पनि मुख्य भूमिका छ । अनुप भण्डारीले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रलाई साउथका चर्चित निर्देशक एसएस राजमौलीले समेत वधाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *