प्रकाशकी क्रस केकी

१७ साउन २०७९ ४:५५

गायकबाट नायक बन्ने क्रममा रहेका प्रकाश सपुत अभिनित चलचित्र ‘परदेशी २’ असोजको १४ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा प्रकाश र नायिका केकी अधिकारीले अभिनय गरेका छन् । नारायण रायमाझी निर्देशित यो चलचित्रले विदेशिएका नेपालीहरुको कथा भन्छ ।

केकी र प्रकाशले पहिलो पटक चलचित्रमा काम गरेका हुन् । तर, उनीहरुको सहकार्य भने निरन्तर जारी छ । चलचित्रको गीत रिलिज कार्यक्रममा प्रकाशले केकी अधिकारी आफ्नो क्रस भएको बताए । उनले भने–‘मैले जीवनमा पहिलो पटक देखेकी नायिका भनेको केकी हुन् । केकीमाथि म भुतुक्कै थिएँ । उनी मेरो क्रस हुन् ।’

प्रकाशले आजका दिनमा केकीसँग काम गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको समेत बताए । केकीले भने प्रकाश जसको पनि क्रस हुनसक्ने तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *