सलमानलाई बन्दुक राख्ने अनुमति

१७ साउन २०७९ ४:३३

बलिउड नायक सलमान खानलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको छ । ज्यान मार्ने धम्की आएपछि सलमानले केही दिन अगाडि मुम्बई प्रहरीसँग बन्दुक राख्ने अनुमति मागेका थिए । केही दिन अगाडि सलमान मुम्बई प्रहरीका कमिश्नर विवेक फनसालकरसँग मिलेका थिए । उनले, सोही समय आत्मसुरक्षाका लागि भन्दै बन्दुक राख्ने अनुमति दिन निवेदन दिएका थिए ।

मुम्बई प्रहरीले अब उनलाई आत्मसुरक्षाका लागि बन्दुक राख्ने अनुमति दिएको छ । सलमानको जुन ५ मा ज्यान मार्ने धम्की मिलेको थियो । यसपछि, सलमान आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् ।

सलमानले बन्दुक राख्नु अगाडि आफ्नो लेन्ड क्रुजर कारलाई बुलेटप्रुफ समेत बनाएका थिए । बलिउडमा चर्चित नायकहरुलाई बारम्बार ज्यान मार्ने धम्की आइरहेको हुन्छ । यसपटक, भने सलमान आफ्नो सुरक्षाका लागि चिन्तित छन् र उनले सुरक्षित रहनका लागि विभिन्न उपाय अपनाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *