सद्भावना राजदुत बनेपछि नम्रताको जिम्मेवारी बढ्यो

१७ साउन २०७९ ४:१५

नायिका नम्रता सापकोटा इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्भिसेजको ब्रान्ड एम्ब्यासडरमा नियुक्त भएकी छिन् । कन्सल्टेन्सीका संचालक र नम्रताविच काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै संझौता पत्र आदन–प्रदान गरिएको छ । नायिका नम्रता सापकोटाले सद्भावना राजदुत भएपछि आफूमाथि थप जिम्मेवारी थपिएको बताइन् ।

उनले, आफूले बोल्दा कसैको जीवन र करिअरसँग सम्बन्धीत हुने भएकाले राम्ररी वुझे, सोचेर र संझेर मात्र ब्रान्ड एम्ब्यासडर बन्ने निर्णय गरेको बताइन् । नम्रताले भनिन्–‘बाहिर जाने कुरा एउटा व्यक्तिको जीवन र करिअरसँग जोडिन्छ । विदेश जाने निर्णय गर्दा जिन्दगीको स्वर्णीम चिजहरु जम्मा गरेर आफ्नो जिन्दगी अगाडि बढाउनुपर्दछ । आजबाट मेरो अझ जिम्मेवारी बढेको महशुश भएको छ । किनकी, अब मेरो हरेक बोलीमा कसैको जीवन र करिअर जोडिएको हुन्छ ।

त्यसैले यो जिम्मेवारी एकदमै गाह्रो छ ।’ यो कन्सल्टेन्सीको केन्द्रिय कार्यलय अष्ट्रेलियाको सिड्नीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *