बेनिशा र सम्पदाको टिमलाई रंग पत्रकारहरुले हराए

१७ साउन २०७९ ३:१९

भदौको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’को टिम र चलचित्र पत्रकारहरुविच मैत्रिपूर्ण फुटसल खेल आयोजना गरिएको छ । आइतबार कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा आयोजना भएको फुटसलमा पत्रकारको टोली विजयी भएको थियो । पत्रकारहरुले चलचित्रको टिमलाई २ वा विरुद्ध ३ गोलले हराए ।

पत्रकारहरुको तर्फबाट तिनै गोल रंग पत्रकार विजय सुवेदी ‘आवाज’ले गरेका थिए । यस्तै, चलचित्रको तर्फबाट पनि कलाकार तेज गिरीले २ गोल फर्काए । चलचित्रको तर्फबाट कलाकारहरु तेज गिरी, बेनिशा हमाल, सम्पदा बाँनिया, पवन भट्टराई, सुप्रिया खनाल, सिमरन खड्का, राइडर प्रशान्त मैदानमा उत्रिएका थिए ।

साउन १५ मा खिर खाने र फुटसल खेल खेल्ने कार्यक्रम आयोजना गरिएको थियो । यस्तै, चलचित्रको टिमले पत्रकारहरुसँग अन्तरक्रिया समेत आयोजना गर्यो ।

कार्यक्रममा चलचित्रका निर्देशक परिच्छेद सेनले भने–‘यो कथा मलाई भन्न मन लागेकाले भनेको हुँ । यसले २ जेनेरेशनको प्रेम सम्बन्धलाई देखाउँछ । एउटै व्यक्ति २ फरक उमेरमा पुग्दा कस्तो प्रेममा रमाउँछ र के भोग्छ भन्ने चलचित्रमा देखाइएको छ ।’ कार्यक्रममा नायिका बेनिशा हमालले आफूले एक समर्पित प्रेमिकाको भूमिकामा काम गरेको बताइन् ।

उनले, चलचित्रमा अभिनय गर्दा आफूले तेजलाई कैयौं पटक थप्पड समेत हानेको बताइन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रले प्रेमको नयाँ भाषा बन्ने निर्माणपक्षको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *