के प्रकाशले साहरुखको स्टाइल कपी गरेका हुन् ?

१६ साउन २०७९ १५:४१

गायकबाट नायक बन्ने क्रममा रहेका प्रकाश सपुतले अभिनय गरेको चलचित्र ‘परदेशी २’को नयाँ गीत ‘के बर मागी’ आज सार्वजनिक भयो । यो गीतमा प्रकाशले नायिका केकी अधिकारीसँग रोमान्स गरेका छन् ।

तर, गीतका केही दृश्यमा प्रकाशको हिडाई र डान्सका स्टेप बलिउड नायक साहरुख खानसँग प्रभावित देखिएको छ । प्रकाशको हिड्ने तरिका र हात फैलाएको तरिका साहरुखसँग मिल्छ । यसले, कतै उनले साहरुखको स्टाइल कपी गरेका त होइनन् भन्ने प्रश्न उठेको छ । तर, प्रकाश भने आफ्नो बलिउडका सफल नायकसँग तुलाना भएकोमा खुशी व्यक्त गर्छन् । तर, स्टाइलको बारेमा भने कोरियोग्राफर रामजी लामिछानेलाई नै सोध्नुपर्ने उनको भनाई छ ।

प्रकाश हिड्दा पनि साहरुख जसरी नै हिडेका छन् । चलचित्रको एउटा गीतमा साहरुखको स्टाइल कपी गरेपनि सिंगै चलचित्रमा भने उनले साहरुखको नक्कल नगरुन्, हाम्रो शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *