‘परदेशी २’को ‘के बर मागी’ गीत सार्वजनिक, केकीसँग प्रश्न सोध्दै प्रकाश

१६ साउन २०७९ १५:०९

गीतकार रमेश पौडेलले करिब ३ दशक अगाडि कोरेको र कुनै समय नेपालका रेडियोमा सर्वाधिक बज्ने गीत हो, ‘के बर मागी फर्कियौं भन’ । यो गीतलाई गायक रामभक्त जोजीज्यूले गाएका थिए । अब, यो गीतलाई नेपाली चलचित्र ‘परदेशी २’मा समावेश गरिएको छ ।

रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत तथा निशान भट्टराइको स्वरमा यो गीत चलचित्रमा समावेश गरिएको हो । आज आयोजना भएको पत्रकार सम्मेलनमा असोजको १४ गतेबाट रिलिज हुन लागेको चलचित्रको गीत सार्वजनिक गरियो ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु प्रकाश सपुत र केकी अधिकारीलाई फिचरिङ गरिएको छ । मन्दीरबाट फर्किएकी आफ्नी मायालुलाई एक प्रेमीले सोधेका केही प्रश्न र सम्बोधन गीतमा समावेश छ ।

नारायण रायमाझीको निर्देशनमा तयार भएको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, दिर्घ खड्काको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *