आकाशको अंगालोमा रेखा, ‘हिड्दा हिड्दै’ माघ २० मा

१६ साउन २०७९ १४:२७

नायक आकाश श्रेष्ठको रोमान्टिक अवतारमा तयार भएको चलचित्र ‘हिड्दा हिड्दै’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र माघको २० गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । सार्वजनिक गरिएको चलचित्रको फस्टलुकमा मुख्य नायक आकाश र नव–कलाकार रेखा शाहलाई देख्न सकिन्छ । उनीहरु, एक अर्काको अंगालोमा बाँधिएका छन् ।

चलचित्रमा नायक सलोन बस्नेत पनि मुख्य भूमिकामा छन् । बिमल श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्रमा राजकुमार थिङको निर्माण छ । चलचित्रमा सुशिल पंगेनीको लेखन र निर्माण छ भने मिलन आले मगरले चलचित्रको निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *