अष्ट्रेलियामा शोभितको ‘बद्री बहादुर’को शो

१५ साउन २०७९ ७:५१

निर्माता तथा निर्देशक शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘बद्री बहादुर’को शो जुलाई ३० तारिखमा अष्ट्रेलियामा आयोजना भएको छ । नेपालमा रिलिज नभएको चलचित्रलाई अष्ट्रेलियामा प्रियियर शो गरिएको हो ।
चलचित्रलाई कंगारु देशबाट सुखद प्रतिक्रिया मिलेको छ । सिड्नीमा चलचित्रको प्रिमियरको व्यवस्था मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् ।

चलचित्रको अझे ३ शहरमा शो हुनेछ । नेपालमा पनि चलचित्रलाई चाडै नै रिलिज गर्ने शोभितले बताए । रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रलाई एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण गरिएको हो ।

विजय गोपाल दली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता मिथुन भोटे हुन् । चलचित्रमा नायिका पूजा शर्मा र नायक सलोन बस्नेत एउटा गीतमा देखिएका छन् । चलचित्रमा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीब जंग बस्नेत, धिरेन शाक्य, वर्षा चौलागाँई, एलिना गुरुङ लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *