कमजोर समीक्षाले बढेन शनिबार ‘एक भिलेन रिटन्र्स’को व्यापार

१५ साउन २०७९ ६:४१

शुक्रबार अपेक्षित सुरुवात गरेको बलिउड चलचित्र ‘एक भिलेन रिटन्र्स’ले शनिबार व्यापारमा खासै बढोत्तरी गर्न सकेन । मोहित सुरीको निर्देशनमा तयार भएको चलचित्रले समीक्षागत रुपमा कमजोर रेटिङ पाएको छ । शुक्रबार यो चलचित्रले ७.०५ करोडको व्यापार गरेको थियो । शनिबार चलचित्रको व्यापार ७.४७ करोड मात्र छ ।

२ दिनमा चलचित्रले १४.५२ करोडको व्यापार गरेको छ । आज आइतबार बिदाको दिन चलचित्रले १० करोड आसपासको व्यापार गर्ने अपेक्षा गरिएको छ । सय करोड भन्दा बढी कमाएको खण्डमा मात्र यो चलचित्रले लगानी सुरक्षित गर्नेछ ।
तर, ३ दिनमा २४ करोड वरिपरीको व्यापार गरेर चलचित्रले लगानी उठाउने संभावना निक्कै कम छ ।

चलचित्रमा अर्जुन कपुर, जोन अब्राहिम, दिशा पटानी र तारा सुतरियाको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *