कियाराको जन्मदिनमा जान्नुहोस् उनका ५ हिट फिल्म

१५ साउन २०७९ ६:११

बलिउडमा यतिबेला यदि कोही सफलताको उचाई नापिरहेको छ भने, त्यो नायिका कियारा आडवाणी नै हुन् । उनले अभिनय गरेका चलचित्रले एकपछि अर्को सफलता पाउँदै गर्दा उनको लोभलाग्दो उचाई धेरैका लागि प्रेरणा बन्न सक्छ ।
आजबाट ३० बर्षमा प्रवेश गर्न लागेकी यी सुन्दरीको करिअरका ५ हिट चलचित्रको हामी यहाँ चर्चा गर्दछौं ।

१. कविर सिंहः नायक साहिद कपुरसँग कियाराले जोडी बाँधेर काम गरेको यो चलचित्र बक्स अफिसमा सर्वाधिक सफल मानिन्छ । सन् २०१९ मा रिलिज भएको यो चलचित्रले बक्स अफिसमा २५० करोड भन्दा बढी कमाई गर्यो । चलचित्रमा उनी मेडिकल स्टूडेन्टको भूमिकामा थिइन् । एक यूवकसँगको प्रेममा कसरी उनी असफल भइन् भन्ने कथा यसमा देखाइएको छ ।

२. भूल भूलैयाँ २ः नायक कार्तिक आर्यनसँग कियाराले काम गरेको चलचित्र ‘भूल भूलैयाँ २’ले बक्स अफिसमा धमाका नै मच्चायो । भारतमा मात्र १८० करोड भन्दा बढी कमाएको चलचित्रले विश्व बजारमा २७० करोडको व्यापार गर्यो ।

३. जुग जुग जियोः बक्स अफिसमा केही साता अगाडि मात्र रिलिज भएको चलचित्र ‘जुग जुग जियो’ले बक्स अफिसमा बम्पर व्यापार गर्यो । चलचित्रले ८८ करोड भन्दा बढीको कमाई गर्दै सफलताको झण्डा गाढेको छ । चलचित्रमा कियारा नायक बरुण धवनकी श्रीमतिको भूमिकामा देखिएकी छिन् । उनको बलियो अभिनयलाई दर्शकले मन पराए ।

४. शेरशाहः कियारा अभिनित अर्को हिट चलचित्र हो, ‘शेरशाह’ । यो चलचित्रमा उनी नायक सिद्धार्थ मल्होत्राको श्रीमतिको भूमिकामा छिन् । चलचित्रले ओटीटी प्लेटफर्ममा दर्शकको उच्च साथ मात्र पाएन, समीक्षकबाट राम्रो तारिफ पनि कमायो ।

५. गुड न्यूजः राज मेहत्ताको निर्देशनमा तयार भएको यो चलचित्रमा कियारा दिलजित डोसान्जकी श्रीमतिको भूमिकामा छिन् । चलचित्रले विश्व बजारमा ३ सय करोडको व्यापार गर्यो । यसरी, बक्स अफिसमा एकपछि अर्को हिट चलचित्र दिदै कियारा पछिल्लो पुस्ताकी सर्वाधिक रुचाइएकी नायिका बनेकी छिन् । कियाराको ‘गोविन्दा मेरा नाम’ रिलिजको क्रममा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *