जाहन्वीले ४४ करोडमा बेचिन् राजकुमारलाई अपार्टमेन्ट

१५ साउन २०७९ ५:४९

केही समय अगाडि प्रेमिका पत्रलेखासँग बैबाहिक जीवनमा बाँधिएका बलिउड नायक राजकुमार रावले महंगो रकममा अपार्टमेन्ट किनेका छन् । उनले, बलिउड नायिका जाहन्वी कपुरको अपार्टमेन्ट ४४ करोडमा किनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

जाहन्वीले यो अपार्टमेन्ट २ बर्ष अगाडि ३९ करोडमा किनेकी थिइन् । उनले, ५ करोड नाफा खादै राजकुमारलाई अपार्टमेन्ट वेचिन् । अपार्टमेन्टको १४, १५ र १६ औं फ्लोर राजकुमारले किनेका हुन् । ३ हजार ४५६ स्क्वायर फिटमा फैलिएको अपार्टमेन्टका लागि राजकुमारले महंगो रकम खर्च गरेका छन् ।

बलिउडका कलाकारहरुले लोभलाग्दो जीवन बाँचिरहेका छन् । अब, राजकुमार राव पनि सोही सूचीमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *