कस्तो छ ‘छड्के २’मा अनमोलको लुक्स ?

१५ साउन २०७९ ४:०२

नायक अनमोल केसीले आफ्नो करिअरको नवौं चलचित्र ‘छड्के २’को छायांकन केही समयमै सुरु गर्दैछन् । चलचित्रको वर्कशप जारी छ । यसैविच, सामाजिक संजालमा अनमोलको नयाँ तस्वीर बाहिरिएको छ । कपाल रंगिएको लुक्स सार्वजनिक हुँदा आम दर्शकमा अनमोलको ‘छड्के २’को गेटअप यही नै हो कि भन्ने समेत परेको छ ।

यो बिषयमा हामीले अनमोललाई सोधेका थियौं । तर, अनमोलले ‘छड्के २’मा आफ्नो लुक्स देखेर दर्शक र मिडियाकर्मी अचम्मित हुने बताएका छन् । अनमोलले, चलचित्रमा आफू ग्याङस्टारको भूमिकामा देखिन लागेको बताएका छन् ।

एकसाथ ४ वटा चलचित्र पाइपलाइनमा राखेर अनमोलले सुरुवातमा ‘छड्के २’को काम अगाडि बढाएका हुन् । चलचित्रमा निगम श्रेष्ठको निर्देशन रहनेछ । वुझिएअनुसार, यो चलचित्रलाई फागुनको ५ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *