इन्दिरालाई कसको बानी भो ?

१४ साउन २०७९ १२:४४

गायिका इन्दिरा जोशीको नयाँ गीत ‘तिम्रो बानी भो’ रिलीज भएको छ । साईराम पिक्चर्सले रिलीज गरेको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतका एरेन्जर रिकेश गुरुंग हुन् ।

गीतको भिडियोमा गायिका जोशी आँफै फिचर्ड छिन् । गीतमा प्रेममा बानी परेका शब्दहरु रहेका छन् । सक्षम श्रेष्ठले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने ओर्नित बिसुंखे र गौरव बिष्टले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर