रणवीर–श्रद्धाको फिल्म सेटमा आगो लाग्दा एक व्यक्तिको निधन

१४ साउन २०७९ १२:३२

निर्देशक लभ रन्जनको निर्देशनमा तयार भैरहेको एक अनटाइटल प्रोजेक्टको सेटमा आगो लाग्दा एक व्यक्तिको निधन भएको छ । अंधेरी वेस्टस्थित चित्रकुट स्टूडियोमा नायक रणवीर कपुर र नायिका श्रद्धा कपुरको एक गीतको छायांकन गर्ने तयारी गरिएको थियो । तर, आगोले सेट नै जलाएपछि छायांकन समेत प्रभावित बनेको छ । यस्तै, आगोले राजश्री प्रोडक्शनको सेट पनि जलाएको छ ।

आगालागीबाट मनिष देवासी नामका व्यक्ति घाइते भएका थिए । ३३ बर्षका मनिषको अस्पतालमा निधन भयो । यस्तै, चलचित्रको सेटमा लाइटिङको काम गरिरहेका एक व्यक्ति पनि आगोका कारण घाइते भएका छन् । प्रहरीले सेट लगाउने कम्पनीको कारण आगालागी भएको बताएको छ । तर, आगालागीको कारण भने खुलेको छैन ।

यो चलचित्रबाट अभिनयमा डेब्यू गर्दै गरेका निर्माता बोनी कपुरले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, शुक्रबार लाइटिङको काम चलिरहेको थियो । शनिबारबाट चलचित्रको गीतको छायांकन सुरु गर्ने योजना निर्माताको थियो । तर, आगालागी भएपछि गीतको काम प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *