‘विक्रान्त रोना’ हेर्नुभएको छैन, उसो भए हेर्नुहोस्

१४ साउन २०७९ १२:१८

अनुप भण्डारीको निर्देशनमा समावेश एक्सन ड्रामा चलचित्र ‘विक्रान्त रोना’ शुक्रबारदेखि विश्व बजारमा रिलिज भयो । यो चलचित्रलाई सलमान खान प्रोडक्शनले बनाएको हो । चलचित्रमा किच्चा सुदिप, ज्याकलिन फर्नान्डेज र निरुप भण्डारीको मुख्य भूमिका छ ।

२ घन्टा २८ मिनेट लामो यो चलचित्रले एउटा गाउँमा आधा दशक अगाडिको घटना प्रस्तुत गरेको छ । विशेषगरि, गाउँमा बालबालिकाको हत्या अनुहारको आधा भागमा पेन्टिङ गर्दै हुन थालेपछि विकसित घटनाक्रममा यो चलचित्र बनेको छ । चलचित्रले साढे २ घन्टा दर्शकलाई हलमा बाँधेर राख्छ । विशेषगरि, हरर जनराको जस्तो लागेपनि यो त्यस्तो प्रकृतिको चलचित्र भने होइन ।

चलचित्रमा एक्सन र थ्रिललाई बढी महत्व दिइएको छ । ज्याकलिन फर्नान्डेजको आइटम गीतले दर्शकलाई लोभ्याउँछ । तर, चलचित्रको कथावस्तु, मेकिङ, छायांकन उत्कृष्ट छ । चलचित्रलाई सुरुवातबाट नै ध्यान दिएर नहेर्ने हो भने दर्शकलाई क्लाइमेक्स वुझ्न गाह्रो पर्छ ।

यदि, तपाइले ‘विक्रान्त रोना’ हेर्नुभएको छैन भने तपाइका लागि यो चलचित्र यो हप्ताको रोजाईमा हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *