‘छक्का पन्जा ४’ र दीपकलाई टिकटकले बर्बाद गर्यो

१४ साउन २०७९ १२:०९

चलचित्रको छायांकनको समयमा होस् या हलमा चल्दा नै किन नहोस्, दृश्यहरु टिकटकमा अनाधिकृत रुपमा हालिदिदा मेकरलाई तनाव झेल्नु परिरहेको छ । केही समय अगाडि चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन ग्रान्डी अस्पतालमा गर्दा नायक अनमोल केसीको लुक्स टिकटकमा भाइरल नै भएको थियो ।

अहिले फेरि चलचित्र ‘छक्का पन्जा ४’मा यस्तै भएको छ । सोमबारदेखि छायांकन थालिएको चलचित्रको एक दृश्य टिकटकमा भाइरल भएको छ । जहाँ, चारखाल सुधार गृहबाट मुख्य पात्र दीपकराज गिरी अर्थात राजा बाहिरिदा पञ्चेबाजाले स्वागत गरेको देखिन्छ । संभवत, यो चलचित्रमा राजाको इन्ट्री सिन हुनुपर्छ ।

यो दृश्य बाहिरिएपछि दर्शकले चलचित्रको कथासारा केही न केही वुझ्ने नै भए । हेमराज वीसीको निर्देशनमा तयार भैरहेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *