शुक्रबारदेखि रिलिजमा आएको बलिउड चलचित्र ‘एक भिलेन रिटर्न्स’ले समीक्षक र दर्शकबाट कमजोर समीक्षा पाएको छ । ‘एक भिलेन’ सुपरहिट भएपनि यसको सिरिज भने कमजोर देखियो । तर, सिरिजको फाइदा यसको ओपनिङ व्यापारमा देखिएको छ ।
मोहित सुरी निर्देशित यो चलचित्रले पहिलो दिनमा ७.०५ करोेडको कमाई गरेको छ । बलिउड पण्डितहरुले यसलाई सुखद मानेका छन् ।
चलचित्रमा जोन अब्राहिम, अर्जुन कपुर, दिशा पटानी र तारा सुतरियाको मुख्य भूमिका छ । चलचित्रले मिश्रित प्रतिक्रिया पाएपनि यसले ३ दिन सुखद कमाई गर्ने देखिएको छ । तर, चलचित्रले व्यापारिक रुपमा भने १ सय करोड भन्दा माथिको कमाई गरेको खण्डमा मात्र लगानी उठाउन सक्नेछ । यो भने चलचित्रको प्रतिक्रियाले संभव देखिएको छैन ।