‘पर्ख पर्ख मायालुदेखि ए मेरो हजुरसम्म’: हिट गीतले पुष्पलाई फाइदै फाइदा

१४ साउन २०७९ ११:५४

अभिनय, स्टारडम, लुक्स सबै नायकमा एकसाथ पाउन मुश्किल पर्छ । तर, कोही कोही कलाकारलाई यी सबै कुराले साथ दिन्छ । नायक पुष्प खड्काका लागि यी तिनै कुराले साथ दिइरहेको छ । जसकाकारण, उनी आजका दिनमा सर्वाधिक व्यस्त नायकमा पर्छन् । पुष्प अभिनित चलचित्र ‘कृष्णलीला’ भदौको ३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि पुष्पको अभिनयको पनि चर्चा छ ।

तर, पुष्पका लागि गीतसंगीतले पनि सधै साथ दिइरहेका छन् । उनी अभिनित चलचित्रका गीतसंगीत हिट हुँदा उनको करिअरलाई नै फाइदा मिलिरहेको छ । पुष्पले अभिनय गरेको चलचित्र ‘मङ्गलम’को ‘पर्ख पर्ख मायालु’ बोलको गीत बम्पर हिट भयो । यो गीतका कारण दर्शकमाझ परिचित हुन पुष्पलाई सहज भएको थियो ।

यस्तै, भदौको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृष्णलीला’का दुबै गीत बम्पर हिट भए । चलचित्रमा समावेश ‘ए मेरो हजुर’ बोलको गीतले त अहिले टिकटकमा लाखौ दर्शकको मन जितेको छ । चलचित्रमा समावेश ‘म निदाउँदा’ बोलको गीत पनि सर्वाधिक चर्चामा छ ।

पुष्पले अभिनय गरेको ‘मारुनी’ चलचित्रका गीत पनि हिट भए । जसलेगर्दा, पुष्पलाई मात्र होइन चलचित्रलाई पनि फाइदा भयो । कलाकारहरु आफ्नो चलचित्रमा राम्रो गीत परोस् भन्ने चाहन्छन् । पुष्प यो अर्थमा भाग्यमानी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *