मलिका भन्छिन्–‘मन छुने कथा अझै पाएकी छैन’(भिडियोसहित)

१३ साउन २०७९ ७:२५

नायिका मलिका महत अभिनित चलचित्र ‘पानी फोटो’ आजबाट देशभर रिलिज भएको छ । खगेन्द्र लामिछाने निर्देशित यो चलचित्रले जनयुद्धमा हराएको छोराको प्रतिक्षामा भौतारिएका बाबु–आमाको कथा भन्छ ।

चलचित्रमा नायिका मलिका महतको पनि मुख्य भूमिका छ । यो चलचित्रले मलिकाप्रति आम दर्शकको वुझाईलाई फरक बनाइदिन्छ । लकडाउनपछि मलिकाले अभिनय गरेका म्यूजिक भिडियोमा उनी रोमान्टिक नायिकाको रुपमा देखिएकी छिन् । तर, यो चलचित्रले उनलाई रोमान्टिक नायिकाको दौडबाट बाहिर लगिदिएको छ । मलिका पनि आफूले यो चलचित्र हेर्दा आफू नै भावुक भएको बताउँछिन् ।

मलिकाले लकडाउन अगाडि नै यो चलचित्र साइन गरेकी हुन् । यसपछि, उनले नयाँ चलचित्र साइन नगर्नुको कारण के होला त ? उनी भन्छिन्–‘मलाई कनेक्ट गर्ने कथा नै पाएकी छैन ।’ मलिकाले चलचित्रको अफर आएपनि आफूलाई कथा मन नपर्दा साइन नगरेको बताइन् । अब, नयाँ चलचित्र कस्तो खेल्ने भन्ने बिषयमा आफूले केही पनि नसोचेको उनको भनाई छ ।

मलिकाले नायक पल शाहसँग काम गर्ने गरि २ चलचित्र साइन गरेकी थिइन् । तर, पल शाह नहुनु र अन्य विविध कारणले गर्दा चलचित्र बन्न नसकेको उनले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *