साउन २० गतेबाट पुनः रिलिज हुँदैछ ‘चपली हाइट ३’(भिडियोसहित)

१२ साउन २०७९ १४:०२

निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’ पुनः रिलिजको तयारी गरेका छन् । यो चलचित्रलाई साउनको २० गतेबाट रिलिज गर्ने तयारी निर्माता कुमारले गरेका हुन् ।

चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । चलचित्र कोरोना महामारीका कारण बारम्बार समस्यामा परेको थियो । पौष ३० गतेबाट चलचित्र रिलिज भएको ४ दिनमै कोरोनाका कारण रोकिएको थियो । दोश्रो पटक यो चलचित्र फागुण १ गतेबाट रिलिज भएको थियो । अब, तेश्रो पटक दर्शकमाझ चलचित्र ल्याउने तयारी गरिएको अर्जुनले बताए ।

अर्जुनका अनुसार, कसैलाई असर गर्न वा पैसा कमाउन उनले चलचित्र पुनः रिलिज गर्न लागेका होइनन् । उनले, कोरोनाका कारण चलचित्र हेर्न छुटेका दर्शकले हेरुन् भनेर पुनः रिलिज गर्न लागिएको बताए । सस्पेन्स थ्रीलर कथामा यो चलचित्र बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *