आकाशसँगको सम्बन्धबारे करुणा भन्छिन्–‘मलाई यस्ता कुरा प्राइभेट राख्न मनपर्छ’(भिडियोसहित)
१२ साउन २०७९ १०:३६
नायक आकाश श्रेष्ठ बारम्बार प्रेमको कारण चर्चामा रहन्छन् । एक बर्ष अगाडिसम्म नायिका पूजा शर्मासँगको प्रेम सम्बन्धले चर्चामा रहेका आकाश विगत केही महिनादेखि नायिका तथा मोडल करुणा श्रेष्ठसँगको प्रेम सम्बन्धले चर्चामा छन् ।
आकाशले पनि करुणासँगको प्रेमलाई स्विकार गरेका छैनन् । यो बिषयमा करुणाले पनि आफ्नो भनाई सार्वजनिक गरेकी थिइनन् ।
तर, पहिलो पटक मिडियासँग आकाशसँगको सम्बन्धको बिषयमा करुणाले कुरा गरेकी छिन् । करुणाले भनेकी छिन्–‘मलाई विशेषगरि आफ्नो व्यक्तिगत कुराहरु प्राइभेट नै राख्न मनपर्छ । यस्ता कुराहरु सार्वजनिक गर्दै हिडौं जस्तो लाग्दैनँ । अर्कोतिर, समाचारमा पढेका सबै कुराहरु सत्य हुन्छ भन्ने पनि होइन ।’
उनले, आफू र आकाशविच परिवारलाई नै असर पर्नेगरि चर्चा नभएको जिकिर गरिन् । उनले, केही समय अगाडि आकाशले एक शोमा पूजालाई छाडेर आफूलाई रोजेको बिषयमा ‘धन्यवाद’ मात्र भनिन् ।
करुणाले केही नेपाली चलचित्रमा अभिनय गरेपनि उनले चर्चा पाउन सकिनन् । बरु, उनी केही समयदेखि आकाशसँग नाम जोडिएर गसिप बजारमा छाएकी छिन् ।