‘सुपर डान्सर नेपाल’ अब नेपालमा, भुवन, जसिता र सुरेन्द्र निर्णायक

१२ साउन २०७९ ६:०५

भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को आधिकारिक नेपाली भर्सन ‘सुपर डान्सर नेपाल’ चाडै नै कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ । यो शोको फिजिकल र डिजिटल गरि २ चरणको अडिसन सकिएको आयोजकले बताएको छ ।

यसैविच, यो शोका सुपर जज नायक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको भन्दै शोको आयोजकले काठमाडौंमा केक काटेर शुभकामना दिएको छ । साथै, यो शोको निर्देशन चर्चित टेलिभिजनकर्मी भुषण दाहालले गर्ने जानकारी समेत दिइयो । शोका प्रोजेक्ट हेड सशांक पोखरेलले यो शोले अरु शोको जस्तो प्रतिस्पधाई मात्र नगराई बच्चाहरुलाई सिकाउने र उनीहरुको क्षमता विकासमा समेत सहयोग गर्ने जानकारी दिए ।

यो शोमा ४ देखि १४ बर्ष उमेरका बालबालिका सहभागी भएका छन् । रियालिटी शोको निर्णायकमा नायिका जसिता गुरुङ, कोरियोग्राफर सुरेन्द्र राई छन् । शोको लागि काठमाडौं, पोखरा, इटहरी, चितवन, बुटवल, नेपालगञ्जमा अडिसन भएको थियो । यस्तै, नेपाल बाहिरका नेपाली भाषीहरुका लागि डिजिटल अडिसनको आयोजना गरिएको थियो ।

कार्यक्रमलाई विल्सन विक्रम राई र कबिता नेपालीले संचालन गर्नेछन् । साउनको अन्तिम साताबाट यो शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *