‘मिलन’बाट चकलेटी कुशल र हट शिल्पाको डेब्यू

१२ साउन २०७९ ५:२८

चलचित्र ‘मिलन’को प्रदर्शनका लागि निर्माणपक्ष लागिपरेको छ । प्रेमकथामा निर्माण भएको चलचित्रमा टेक पौरखी राईको लेखन तथा निर्देशन छ । चलचित्रमा कुशल शाह ठकुरी, सलोन बस्नेत, शिशिर वाङ्देल, सुमिन गुरुङ र शिल्पा थापाको मुख्य भूमिका छ । यही चलचित्रबाट चकलेटी कलाकार कुशल शाहले चलचित्र नगरीमा डेब्यू गर्न लागेका हुन् । कुशलले चलचित्रमा यसअघि काम नगरेपनि वर्कशपका कारण सहयोग भएको बताए ।

नेपालमा चकलेटी नायकहरुको क्रेज राम्रो रहेको समयमा कुशल पनि आफूलाई दर्शकले स्विकार गर्नेमा विश्वस्त छन् । यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ । नव–कलाकार शिल्पा थापा पनि आफूलाई दर्शकले मन पराउनेमा आशावादी रहेको बताउँछिन् ।

काठमाडौं र कालिञ्चोकमा छायांकन गरिएको चलचित्रमा राहुल राईको क्यामेरा छ । तारा थापाको सम्पादन रहेको चलचित्रका निर्माता प्रविन थापा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *